काठमाडौ १८ पौष ।
युवा संघ नेपालले नयाँ संविधानका विषयमा जनतालाई बुझाउन नसक्दा मुलुकमा अहिलेको समस्या उत्पन्न भएको जनाएको छ ।
पूर्व पश्चिम अभियानमा रहेका एमालेको भ्रातृ संगठन युवा संघले संविधानका विषयमा जनतालाई राम्रोसँग बुझाउन सके तराई मधेशमा जारी आन्दोलन केही समयमै शान्त हुने दावी गरेको छ ।
युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले युवा संघले चलाएको अभियानका क्रममा धेरै संविधानमा भएका विषयमा पनि नागरिकमा भ्रम भएको पाइएको बताउनुभयो ।
उहाँले देशभरीका नागरिकबाट आएको सुझाव र अभियानको निस्कर्ष प्रमुख दलहरुलाई बुझाउने पनि बताउनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline