नेपाली पहिचान जोगाउन टोपी दिवस मनाइयो

नेपाली पहिचान जोगाउन टोपी दिवस मनाइयो

  • शुक्रबार, पुस १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १७ पुस ।

पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ ।

राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत चार वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् ।

‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ आज वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको हो ।

अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीले उत्सवका रुपमा मनाइरहँदा ‘हाम्रो राष्ट्रिय पहिचान टोपीलाई नभुलौँ’ भन्ने कुराको सचेतनास्वरुप कार्यक्रम आयोजना गरिएको आयोजक तेजेन्द्र श्रेष्ठले बताउनुभयो ।

कुनै औपचारिक तडकभडकका रुपमा नभई सामान्य तुल राखेर टोपी लगाएको तस्बिर खिचेर दिवस मनाइएको छ । कार्यक्रममा उपस्थित सर्वसाधारणले टोपी लगाएर तस्बिर खिचाएका थिए ।

पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको फोटो पत्रकार जनार्दन अर्यालले बताउनुभयो ।

केही व्यावसायिक फोटो पत्रकारहरुले वसन्तपुरमा जम्मा भएर हरेक अङ्गे्रजी नयाँ वर्षका दिन टोपी दिवस मनाउँदै आएका छन् । राष्ट्रिय पोसाकका साथमा टोपी लगाएर तस्बिर खिच्ने तथा साथीभाइ जम्मा भएर चियापान गर्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी