काठमाडौ १७ पौष ।
भारतबाट अवैध रुपमा जर्किनमा राखेर ल्याउँदै गरेको दुईसय ४० लिटर डिजेल मधेसी मोर्चाका कार्यकर्ताले नष्ट गरेका छन् ।
उनीहरुले बर्दिया सदरमुकाम गुलरिया–नेपालगञ्ज सडक खण्डको गणेशपुर नजिकै डिजेल ल्याएको ट्रक नियन्त्रणमा लिई डिजेलमा आगो लगाइदिएको प्रहरीले जनाएको छ ।
डिजेल ल्याएको रा १ प १८१ नम्बरको र रा १ प १८२ नम्बरको दुबै ट्रक र चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline