काठमाडौ १७ पौष ।
आज अंग्रेजी नयाँ वर्ष, नेपाल लगायत विश्वभर नयाँ वर्षको स्वागत गर्दै विविध कार्यक्रम गरी मनाइदैछ ।
इस्वी सम्वत अनुसार गएराती १२ बजेदेखि नै नयाँ वर्ष सन् २०१५ लाई बिदाई गरी आजबाट सन् २०१६ लाई स्वागत गरिएको छ ।
यस्तै गएरातीदेखि नै राजधानीको ठमेल, दरबार मार्ग लगायत राजधानी बाहिर धुलिखेल, पोखरा, नेपालगंज विराटनगर लगायत मुख्य शहरहरुमा पनि नयाँ वर्षको स्वागत गर्दै विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ ।
विशेष गरी पश्चिमा मुलुकहरुले बनाउने नयाँ वर्ष पछिल्ला समय नेपालमा पनि एकापसमा शुभाकामना सटासाट गरी धुमधामका साथ आज खुशीयाली सहित नयाँ वर्ष मनाउने गर्दछन् ।
नयाँ वर्षको अवसरमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुमा पनि विशेष रौनक छाएको छ । विदेशी पर्यटकहरु आएका स्थानमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
यसैबीच क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१६ मनाउँदै छन् ।
विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवर्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।