घुससहित प्राविधिक निर्देशक पोखरेल कार्यस्थलमा नै पक्राउ

घुससहित प्राविधिक निर्देशक पोखरेल कार्यस्थलमा नै पक्राउ

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १६ पुस ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित यातायात व्यवस्था विभाग मिनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई आज कार्यस्थलमा नै पक्राउ गरेको छ ।

आयोगको स्टिङ अप्रेसनका क्रममा विभागका प्राविधिक निर्देशक पोखरेल पक्राउ परेका हुन् ।

विद्युतीय स्कुटर आयातको अनमुति दिने क्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग रु दुई लाख घुस मागेको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

सहायक प्रवक्ता रिजालका अनुसार इलेक्ट्रिक स्कुटर आयातका क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना प्राप्त भएपछि आयोगको टोली विभाग पुगेको थियो ।

आयोगले रु एक लाख ८० हजारसहित पोखरेललाई पक्राउ गरेको हो । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा काम गराउन अवाञ्छित तवरले घुस तिर्नु परेको भन्ने आशयका समाचार प्रकाशित भएपछि आयोगको टोलीले त्यस्ता निकायमा निगरानी बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ