एसएलसीको सेन्टर परिवर्तन गर्न विद्यार्थीको माग

एसएलसीको सेन्टर परिवर्तन गर्न विद्यार्थीको माग

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

खोटाङ, १६ पुस ।

दिक्तेलस्थित सरस्वती उच्च माविका छात्रछात्राले एसएलसी सेन्टर परिवर्तनको माग गरेका छन् ।

होम सेन्टर हटेपछि लफ्याङस्थित श्रीमावि बाँसबोटेबाट एसएलसी दिँदै आएका छात्रछात्राले प्रजिअ रुद्रप्रसाद खड्कासमक्ष परीक्षा केन्द्र परिवर्तनको माग गरेका हुन् ।

दिक्तेलबजारबाट लफ्याङस्थित परीक्षा केन्द्र जाने क्रममा दुई घन्टा हिँड्नुपर्ने, बस्नका लागि आवश्यक होटल, उपयुक्त कोठा, पिउने पानी, खाजा खाने व्यवस्था नभएको, १६ वर्षमुनिका छात्रछात्रा अभिभावकविहीन बनेर बस्नुपर्ने समस्या झेल्नुपरेको लगायतका कारण देखाउँदै उनीहरुले परीक्षा केन्द्र परिवर्तनको माग गरेका हुन् ।

सामुदायिक विकास सेवा केन्द्रले सरस्वती उच्च माविमा आयोजना गरेको लैङ्गिक हिंसा तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रममा पुगेका प्रजिअ खड्कासमक्ष छात्रछात्राले दिक्तेलमै एसएलसी परीक्षा केन्द्र राख्ने व्यवस्थाका लागि मागपत्र बुझाएका छन् ।

वर्षदिनअघि पनि सरस्वती उमाविका छात्रछात्राले एसएलसी केन्द्र सार्न माग गर्दै शिक्षामा ज्ञापनपत्र बुझाएका थिए । स्रोतका अनुसार एसएलसी परीक्षा सञ्चालनका क्रममा दुवै विद्यालयका केन्द्राध्यक्षबीच एकले अर्कोको विद्यार्थीलाई कडाइ गर्ने क्रम सुरु भएपछि विद्यार्थीमार्फत केन्द्र परिवर्तनको कुरा उठाउन थालिएको हो ।

सुरुमा सदरमुकाम बाहिरका विद्यालयमा परीक्षा खुकुलो हुने भन्दै दिक्तेलका कतिपय विद्यालयले बाँसबोटेमा परीक्षा केन्द्र बनाउन पहल गरेका थिए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी