पोखरा, १५ पुस । लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा १२औँं लेखनाथ महोत्सव हुने भएको छ ।
महोत्सव आगामी फागुन ५ गतेदेखि १६ गतेसम्म लेखनाथको भण्डारढिकमा सञ्चालन गरिने भएको छ । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महोत्सव मूल संयोजकमा सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीलाई जिम्मेवारी प्रदान गरेको छ ।
महोत्सव सम्पन्न गर्न आवश्यक पर्ने कार्यसम्पादन समिति, उपसमिति, सल्लाहकार समिति, निर्देशक समिति गठन गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ । बैठकले पुस १६ गतेदेखि २५ गतेसम्म सङ्घमा आवद्ध रहेका उद्योगी व्यवसायीका लागि स्टल बुकिङ खुला गरेको र त्यसपछि मात्र अन्य व्यसायीका लागि खुला गरेको छ ।
विसं २०६१ देखि निरन्तर रुपमा सञ्चालन हँुदै आएको लेखनाथ महोत्सव लेखनाथको पहिचानको रुपमा रहेको छ ।