सुरेन्द्र महर्जनका चार म्युजिक भिडियो एकै साथ सार्वजनिक ( भिडियो सहित )

सुरेन्द्र महर्जनका चार म्युजिक भिडियो एकै साथ सार्वजनिक ( भिडियो सहित )

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

बहुमुखी प्रतीभाका धनी, दर्जन कृतिहरूका सिर्जनाकार गायक, कवि, गीतकार, तथा चित्रकार कविता, गीत, गीति नाटक, मुक्तक, हाइकु, तान्का आदिका सृजनाकार, गायक सुरेन्द्र महर्जन “अमर” को रचना तथा गायनमा तयार भएको चारवटा म्युजिक भिडियो सार्वजनिक भएको छ । भारत हुँदै हाल यु के बाट गीत रेकर्डिङकोलागि नेपाल आउनुभएका सुमधुर स्वरका धनी गायिका शिखा भारती र सुरेन्द्र महर्जनको युगल स्वरको  अमर एल्बमको “चाहनाको फूलबारीमा” गीतको म्युजिक भिडियोको निर्देशन रोशन कुमारले गर्नुभएको छ । अभिनय सनम र रितिका जिरेलको रहेको छ । संगीतकार राम कार्कीको उत्कृष्ट संगीतमा तयार भएको गीतको  म्युजिक मधुशाला म्युजिक रहेको छ भने सहयात्रा डिजिटल प्रा. को  भिडियो प्रस्तुतिमा तयार भएको हो ।

राम कार्कीको संगीतमा सुरेन्द्र महर्जन “अमर” को आफ्नै स्वर र रचनामा तयार भएको दोस्रो म्युजिक भिडियो  “आँखाभरी तिमीलाई” बोलको गीतमा एक तर्फी मायामा चुर्लुम्म डुबेको अवस्थाको चित्रण गरेको पाइन्छ । एक तर्फी प्रेम भाव रहेको यस गीतले मायालुलाई आफ्नो बनेर आउन आग्रह गरेको पाइन्छ नभन्दै गीतले भने झैं कलाकार के. के अधिकारी र रितिका जिरेलको जोड्दार अभिनय रहेकोे छ । उक्त गीतको भिडियो निर्देश रोशन कुमारले गर्नु भएको हो । म्युजिक मधुशाला म्युजिक प्रा. लि को प्रस्तुतिमा सहयात्रा डिजिटल प्रा. लि को भिडियो प्रस्तुति रहेको छ ।

जिन्दगीको बारेमा चित्रण गरिएको जिन्दगीमा आँसु र हाँसो साँचेर बाँच्नुपर्ने र बिझाउने मनका घाउ कसैले देख्न सक्दैन । दु:ख पीडा जति आए नि आफ्नो दु:ख आफैसँग हुन्छ साट्न मिल्दैन । सार्वजनिक तेस्रो गीतले जिन्दगीमा आएका दु:ख, सुख, हाँसो र खुशी मनभित्र साँचेर राख्नु पर्ने र जिन्दगी बाँच्नुपर्ने बताउँछ गीतले । जिन्दगीका बारेमा लेखिएको गीतको रचना सुरेन्द्र महर्जन”अमर” को हो । गायक कर्म ग्याल्छेन बम्जनको स्वरकोे उक्त गीतको संगीतकार अविद रहेकोे छ भने म्युजिक भिडियोको निर्देशन रोशन कुमारले गर्नु भएको गीतको म्युजिक भिडियोमा अभिनय दिनेश जंग, पुनम र राजले शीर्षक सुहाउँदो अभिनय गरिएको छ । सुरेन्द्र महर्जनको रचनामा तयार भएको भाग्य  एल्बममा रहेको यो गीतको म्युजिक सुरप्रभा गीत संगीत प्रा. लि को प्रस्तुतिमा  गीतको म्युजिक भिडियो सहयात्रा डिजिटल प्रा. लि को रहेको छ ।

एल्बम अमरको सार्वजनिक चौथो गीतको म्युजिक भिडियो “भूल्न खोज्छु” गीत वियोगान्त भाबको भावनामा रहेको गीत हो । कसैको झझल्कोमा बाँच्न मुस्किल भएको कुरा गीतमा उल्लेख गरिएको छ । बितिसकेका कुराहरू भूलेर बाँच्ने प्रयास गर्दा पनि सम्झना आउने तर जिन्दगी बाँच्न खोज्दा याद आउने यादले सताउने, सपनाहरू धुवाँ झैं उडेको, आफ्नो जिन्दगीमा पीडा भएको र कसैलाई भूल्न खोजेको बताउँछ । सुरेन्द्र महर्जन “अमर”को आफ्नो रचना र स्वरको यस गीतमा कलाकार  राज अर्जुन र अदिती श्रेष्ठले गीतको शीर्षक सुहाउँदो  अभिनय गर्नु भएको छ । यस गीतको संगीतकार राम कार्की हो भने यस गीतको म्युजिक भिडियोको निर्देशन रोशन कुमारले नै गर्नु भएको हो । मधुशाला म्युजिक प्रा. लि को प्रस्तुतिमा गीतको भिडियो सहयात्रा म्युजिक प्रा. लि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी