काठमाडौ ,१३ पौष ।
विगत केही समयदेखी निरन्तर नेपाली साहित्यको विविध विधामा कलम चलाउदै आउनुभएका धादिङ जिल्ला नलाङ्ग गाविस स्थाई ठेगाना भई हाल काठमाडौको नेपालटारमा अबस्थित गा्रमिण आर्दश बहुमुखी क्याम्पसमा अध्यनरत हरिशरण अर्यालले नेपाली साहित्यको विकास र विस्तारका लागी कुनै पनी राजनीतिक दलको झण्डाको आडमुनी नबसीकन नेपाली भाषा र कलाको संरक्षण गर्न भन्दै आफ्नो अध्यक्षतामा नौ जनाको “ गा्रमिण आर्दश साहित्य समाज ” नामक साहित्य सस्थाको कार्यसमिति गठन गरेका छन ।
जसअँतगर्त अध्यक्षमा हरिशरण अर्याल ,उपाध्यक्ष स जयराम धामी ,उपाध्यक्ष नम्रता खतिवडा ,सचिवमा सौरव घिमिरे ,सहसचिवमा सन्तोष राई ,कोषाध्यक्षमा कमला बेलबासे ,सदस्यहरुमा सुशिल ढकाल ,प्रभात भट्ट ,(समिर न्यौपाने रहेका छन । आफु नेपाली विषयको विधार्थी नभएको र क्याम्पस प्रशासनले नेपाली साहित्यको क्षेत्रमा विधार्थीको बौधिक क्षमताको मापन र प्रतिभाको प्रस्फुटनका निम्ती मौन बसेकाले नै आफै यस कार्यको थालनीमा लागेको कुरा उल्लेख गर्नुभयो ।
सानै उमेरदेखी नेपाली साहित्यमा रुची राख्ने उहाँ अनलाईन मुक्तmक दोहोर मार्फत नेपाली साहित्यमा प्रवेश गर्नुभएको देखिन्छ । राजधानिमा हुने गरेका साहित्यका कार्यक्रमलाई सधै जसो समय दिनुहुने उहाँ काठमाडौमा रहेको परिवर्तन सर्गम साहित्य प्रतिष्ठानमा आबद्घ हुनुहुन्छ ।
क्याम्पस प्रशासन सगँको सहयोग नेपाली विषयका गुरुहरुको प्रेरणा र साहित्यमा रुची राख्ने विधार्थी साथिहरुको सहकार्यबाट नै कार्यसमिति निमार्ण भएको भन्दै साहित्यका सबै विधालाई समेटेरआगामी दिनमा साहित्यका कार्यक्रम आयोजना गर्ने कुरा उहाँले बताउनु भयो ।