तीन दिनका लागि महोत्तरीका शिक्षण संस्था बन्द

तीन दिनका लागि महोत्तरीका शिक्षण संस्था बन्द

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

महोत्तरी, १३ पुस ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि तीन दिनका लागि महोत्तरीका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएको छ ।

सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरको जोगवनी सीमा नाकामा प्रहरीले बल प्रयोग गरी घाइते बनाएको विरोधमा मोर्चाले आजदेखि पुस १५ गतेसम्मका लागि जिल्लाका हरेक शिक्षण संस्था बन्द गराएको हो ।

विद्यालय सञ्चालनमा रहँदा बालबालिकाको सुरक्षा मुख्य चुनौती रहेकाले सम्पूर्ण शिक्षण संस्था तीन दिनका लागि बन्द गरिने निर्णय गरिएको मोचाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यता मोर्चाका कार्यकर्ताले जिल्लाका प्रमुख व्यापारीक केन्द्र गौशाला, औरही, रामगोपालपुर, कान्तिबजारलगायत ग्रामीण क्षेत्रमा रहेका हाटबजारहरु अनिश्चितकालको लागि बन्द गराएका छन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी