पोखरा सडक महोत्सवका लागि ६० प्रतिशत होटल अग्रिम बुकिङ

पोखरा सडक महोत्सवका लागि ६० प्रतिशत होटल अग्रिम बुकिङ

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पोखरा, १२ पुस ।

रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले नयाँ अँग्रेजी वर्ष २०१६ को अवसरमा गर्न लागेको १७औँ सडक महोत्सवको पूर्वसन्ध्यामा लेकसाइड क्षेत्रका ६० प्रतिशतभन्दा बढी होटलमा अग्रिम बुकिङ भएको छ ।

महोत्सवको जानकारी गराउने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक दोर्जे लामाले महोत्सवमा आउनका लागि आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त उत्साह देखिएको बताउनुभयो ।

‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको संयोजक लामाले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यसहित गर्न लागिएको महोत्सवमा होटल तथा रेस्टुराँको मेनुमा विशेष छुटको व्यवस्था गरिएको छ ।

लेकसाइड क्षेत्रको सहिदचोकदेखि डिहीको पाटनसम्मको तीन किमी क्षेत्रलाई समेटेर गर्न लागिएको महोत्सवमा विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकारसहित भरपुर सांस्कृतिक मनोरञ्जन गराउने लक्ष्य राखिएको रेबानका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी गराउनुभयो ।

उहाँका अनुसार मेलालाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्था, स्वास्थ्य शिविर, यातायात, दमकललगायतका अत्यावश्यकीय पक्षको व्यवस्थापन गरिसकिएको छ ।

महोत्सवमा विभिन्न जातजातिका कला र संस्कृति झल्किने नाचगान र झाँकी प्रदर्शन गरिने र संस्कृतिको प्रचारप्रसार एवम् जगेर्नालाई समेत दृष्टिगत गरी देवीदेवताको अवतारमा आधारित लोपोन्मुख बालन नाच पनि देखाइने रेवानले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी