पिपल्स हाइड्रोले साढे सात अर्बको लगानीमा खिम्ती दुई आयोजना निमार्ण गर्दै

पिपल्स हाइड्रोले साढे सात अर्बको लगानीमा खिम्ती दुई आयोजना निमार्ण गर्दै

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,१० पौष ।

पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेड नयाँबानेश्वर काठमाडौँलै सात अर्ब ५० करोड लगानीमा खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित एक कार्यक्रममा संस्थाले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्न लागेको बताएको छ । जिरी नगरपालीकाको– ८ मा निर्माण हुने आयोजनाबाट जिरी नगरपालिका र हावा गाविसका साथै रामेछापको रस्नालु गाविस प्रभावित हुने भएको छ ।

आयोजन निर्माण कार्यमा कुनै बाधा तथा अवरोधको सामाना गर्नु नपरे ४८.८ मेगावाट क्षमताको सो आयोजना २०७७ साल सम्ममा काम पूरा हुने र २०७८ सालबाट विद्युत् उत्पादन कार्य सुरु हुने संस्थाले जनाएको छ । आयोजना निर्माणको लागि सरकारसँग विद्युत् बिक्री खरिद सम्झैता समेत गरिसकेको छ ।

आयोजना निर्माणमा सहयोग गर्न र संस्थामा सेयर लगानी गर्न सम्बन्धित सबैलाई संस्थाका उपाध्यक्ष एवम् पूर्व सहायकमन्त्री देवबहादुर पौडेलले अनुरोध गर्नुभयो ।

पहिलो चरणमा प्रभावित गाविसका स्थानीयवासीलाई सेयर लगानीमा प्रथामिकता दिने र दोस्रो चरणमा जिल्लाका विभिन्न गाविसका स्थानीयवासीलाई प्रथामिता दिने पौडेलको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी