काठमाडौं, ९ पौष । ११ औं साफ च्याम्पियनसीप फुटबल अन्तगर्त अफ्गानिस्तान र माल्दिभ्सले बिजयी शुरुवात गरेका छन् ।
आज साझ सम्पन्न खेलमा अफ्गानिस्तानले बंगलादेशमाथि तीव्र दवाव कायम राख्दै ४–० को जीत निकाल्यो । निकै आक्रामक खेल खेलेको अफ्गानिस्तानले पहिलो हाफ्मा ३ तथा दोस्रोमा एक गोल गर्यो । अफ्गानिस्तानका लागि मसिहा सिंहानी, जुवाएर अमिन, साईतेह र खैर अमानीले एक एक गोल गरेका थिए । फितलो प्रदर्शन गरेको बंगलादेशले पाएको केही अवसरमा पनि गोल गर्न सकेन ।
यो बलियो जीतले अफ्गानिस्तानको सेमिफाईनल यात्राका लागि केही सजिलो बनाएको छ । आजै भएको पहिलो खेलमा माल्दिभ्सले भुटानलाई ३ १ पराजित गरेको छ । केरलाको त्रिवेन्द्रम रंगशालामा आज भएको समुह बि को पहिलो खेलमा माल्दिभ्सले भुटानलाई पराजित गरेको हो । भोली आयोजक भारतले श्रीलकाको सामना गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline