साफ च्याम्पियनसीपमा आज दुई खेल हुँदै

साफ च्याम्पियनसीपमा आज दुई खेल हुँदै

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ९ पौष । 

११ औं साफ च्याम्पियनसीप फुटबलमा आज दुई खेल हुँदैछ । भारतको केरलामा जारी प्रतियोगितामा आज समुह बी अन्तर्गतको खेलमा माल्दिभ्स र भुटान तथा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली समय अनुसार दिउँसो पौने चार बजे त्रिवेन्द्रम रंगशालामा हुने आजको पहिलो खेलमा माल्दिभ्सले भुटानको सामना गर्नेछ । यस्तै आज बेलुकी पौने सात बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले र बंगलादेशसँग प्रस्तिपर्धा गर्नेछ ।

समुह बी मा रहेका अफगानिस्तान, बंगलादेश र माल्दिभ्सले एक एक पटक साफको उपाधि जितेका छन् भने भुटानले अहिलेसम्म जित्न सकेको छैन ।  प्रतियोगितामा सार्कका आठ मध्ये सात देशको सहभागिता छ ।

समुह ए अन्तर्गत हिजो भएको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भयो । खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा हार व्यहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कम भएको छ ।

समुह चरणको अर्को खेलमा नेपालले आगामी आइतबार भारतसँग खेल्नेछ । भारतसँगको खेलमा जित निकालेको तथा श्रीलंका भारतसँग पराजित भएको अवस्थामा मात्रै नेपाल सेमिफाइनलमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी