पिआइडी र महानगरबीच पाइपलाइन निर्माण सम्बन्धी सम्झौता

पिआइडी र महानगरबीच पाइपलाइन निर्माण सम्बन्धी सम्झौता

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ८ पौष ।
काठमाडौ महानगरपालिका अन्तरगतका सडकहरुमा खानेपानी पाइपलाइन बिछ्याएपश्चात ततकाल सडक पुनरनिर्माण गर्ने व्यवस्थाका लागि आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौ महानगरपालिकाबीच १२ बुँदे सम्झौता भएको छ ।

महानगरपालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र आयोजना निर्देशनालयका निर्देशक तेजराज भट्टले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौतापछि महानगरपालिकाका अधिकृत तामाङले खानेपानीका पाइप लाइन विस्तापछि सडक खाल्टो रहिरहने हालको अवस्था अब अदोहोरिने विश्वास व्यत्तल गर्नुभयो ।

भट्टले यसअघि भत्काइएका र अब भत्काइने सडकको पुनरनिर्माण तोकिएको समयभित्र सम्पन्न गरिसक्ने जानकारी दिनुभयो ।

सहमति पत्रमा आयोजना कार्यान्वयन निर्देशनालयका पाइपलाइनहरुको कार्य गर्ने शिलशिलामा उक्त सडकहरु पुनस्थापना गरी यथास्थितिमा ल्याउने जिम्मा आयोजना कार्यान्वयन निर्देशनालयको हुने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी