काठमाण्डौ, ८ पुस ।
साफ् च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल पहिलो खेलमै कमजोर प्रतिद्धन्दी मानिएको श्रींलकासग‘ पराजीत भएको छ । ईन्जुरी समयमा डिफेन्डरको गल्तीको फाईदा उठाउदै श्रीलकाले १ गोल गरी जीत हासील गर्यो । शुरुदेखि नै आक्रामक खेल खेले पनि नेपाल अभागी सावित भयो । अन्जन, रोहित र विमल घर्तीले राम्रो अवसरमा गोल गर्न नसक्दा नेपाल पराजयबाट जोगिन सकेन ।
यस पटक पनि नेपाल गोल गर्न नसक्ने समस्याबाट मुक्त हुन सकेन । यो हारले नेपालको सेमिफाईनलको यात्रा कठिन बन्न सक्छ । पुष १२ गते भारतलाई हराउन सके मात्र नेपाल सेमिफाईनल पुग्ने छ ।
समूह ‘ए’ का यी दुई टोली अहिले भारतको त्रिबेन्द्रममा आमने सामने भइरहेका हुन् । सोही समूहमा प्रतियोगिताको सर्वा्धिक सफल टोली आयोजक भारत पनि छ ।
पाकिस्तानले प्रतियोगितामा भाग नलिने निर्णय गरेसँगै यो समूहमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । तीनमध्ये दुई टोली सेमिफाइनलमा पुग्ने भएकाले दुवै टोलीलाई जम्मा एक जित जरुरी छ । त्यसैले सेमिफाइनल यात्रा सहज गर्न दुवै टोली आज जितकै खोजीमा हुनेछन् ताकि दोस्रो खेलमा बलियो भारतसँग गर या मरको स्थिति सामना गर्न नपरोस् । साफ च्याम्पियनसिपमा नेपाल पहिलो उपाधिको खोजीमा छ । अहिलेसम्म नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
साफ खेल्ने आठ राष्ट्रमध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् जसमा भारत छ पटक तथा अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का एक÷एक पटक जित्नेमा छन् ।
श्रीलङ्काविरुद्ध उत्रिएको नेपाली टोलीमा कप्तान अनिल गुरुङ, विमल घर्ती मगर, अन्जन विष्ट, रोहित चन्द, किरण लिम्बु, जितेन्द्र कार्की, आदित्य चौधरी, विराज महर्जन, हेमन गुरुङ, रञ्जित धिमाल र विक्रम लामा छन् ।