मिस नर्सको प्रशिक्षण शुरु

मिस नर्सको प्रशिक्षण शुरु

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौ पुष ८ । ­‘युनिक्याम्प मिस नर्स २०७२’का सहभागीहरुले मंगलबारबाट क्याटवाक (बिरालो चल­) हिड्न थालेका छन् । कोरियोग्राफर रोजिन शाक्यले सहभागी युवतीहरुलाई क्याटवाक प्रशिक्षण गरिरहेका छन् ।
प्रतियोगीताको क्रममा आयोजक नेक्स्ट मोडल्स नेपालले व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप ,मेकअप ,फेसन ,फोटो सेसन, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका बिषयमा सहभागीलाई दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिने गरेको छ ।
तेस्रो संस्करणको मिस नर्सका पुर्ण रुपले तयार बनाउन प्रशिक्षण दिइरहेको आयोजक सिइओ रबि धमलाले बताए ।‘ सहभागीहरुलाई सम्पुर्ण प्याकेज अनुसारको प्रशिक्षण र शिक्षा मुुलक जानकारी गराउन हामी लागेका छौ’ धमलाले भने ‘यसो गर्दा उनीहरु भित्र रहेको प्रतिभा प्रस्फुटित गराउन सजिलो हुन्छ ।
स्वस्थ्य पेसास“ग सम्बधित यो एकमात्र सौदर्य प्रतियोगिता भएकोले यसलाई ब्यवस्थापकिय लगायत सबै हिसावले सफल बनाउन आफुले आयोजकको तर्फबाट निकै मिहेनत गरिरहेको नेक्स्ट मोडल्स नेपालका कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।

नर्सिङ पेसाले समाजमा पुर्याएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य रहेको प्रतियोगीतामा पुर्व मेचीदेखी मश्चिम महाकालीसम्मका एकसय भन्दाबढी नर्सिङ कलेज तथा अस्पतालमा कार्यरत एकहजार भन्दा बढी युवतीबाट अन्तिम स्पर्धाका लागी ४३ जना छानिएका छन् ।
माघ २ गते त्रिभुवन आर्मीअफिसर्स क्लबमा प्रतियोगीतामा मुख्य उपाधि सहित फष्टरनर अप, सेकेन्ड रनर अपका ब्युटी उइथ बिरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट ,बेष्ट पर्सनालीटी ,मोष्ट ब्युटिफुल, मिस फोटोजेनिकलगायत बिधामा समेत बिजेता छानिने छ । प्रतियोगीताको प्रयोजक युनिक्याम्प एजुकेशन नेटवर्क रहेको छ ।
२८ वर्ष उमेर ननाघेको कम्तीमा ५ फिट उचाईका प्रतियोगी सहभागी प्रतियोगीताको च्यारिटीबाट उठेको सम्पुर्ण रकम श्रृजनसिल बालगृहलाई सहयोग गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी