सरकारकै कारण सुनको कालोबजारी मौलाउदै : अध्यक्ष शाक्य

सरकारकै कारण सुनको कालोबजारी मौलाउदै : अध्यक्ष शाक्य

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाण्डौ ,८ पुस ।

सुनचादी व्यवसाय महासंगका अध्यक्ष मनिरत्न शाक्यले सरकारकै कारण सुन चादीमा कालो बजारी मौलाएको बताउनु भयो । उहाले सिजनमा दैनिक ६० किलो र अरु समय दैनिक २० किलो सुन आवश्यक पर्ने तर सरकारले पर्याप्त सुन आयात नगर्दा काला बजारी मौलाएको बताउनु भयो ।

सरकारले आयात गर्ने सुन नै पूर्ण शुद्ध (९९९९ ) अर्थात २४ क्यारेटको नभएको समेत उहाले दाबी गर्नुभयो । सानो पूजीमा सुनको व्यावसायमा लागेकाहरुलाई सरकारले नै तोकिएको मूल्यमा सहज रुपमा सुन उपलब्ध नगराउदा समस्या भएको अध्यक्ष शाक्यले बताउनु भयो ।

मिर्मिरे अनलाईनसँग कुरा गर्दै अध्यक्ष शाक्यले परम्परागत गहना बनाउन जान्ने स्वदेशी कालिगड पलायन भएका कारण भारतीय कालिगडहरु आएको तर उनीहरु पनि अहिले स्वदेश फर्किएको कारण अझ समस्या भएको बताउनु भयो ।

भारतीय कालिगडहरु व्यापारीको सुन लगायत बहुमूल्य चीजहरु लिएर भाग्ने गरेको पनि उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी