नेपाल र श्रीलकाबीचको पहिलो हाफ् बराबरी

नेपाल र श्रीलकाबीचको पहिलो हाफ् बराबरी

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

  काठमाडौँ, ८ पुस ।

भारतमा आजबाट शुरु भएको साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल र श्रीलकाबीचको पहिलो खेल बराबरीमा सकिएको छ । नेपालले शुरुदेखिनै आक्रमण गर्दै राम्रा मौकाहरु सिर्जना गरे पनि गोल गर्न सकेन ।
श्रीलकाले पनि पहिलो हाफ्को अन्तिम समयमा राम्रो आक्रमण गरेको थियो ।

दक्षिण एशियाकै फुटबलको ठूलो प्रतियोगीता साफ् च्याम्पियनसिप २०१५ (आज) बुधबारबाट भारतको त्रिबेन्द्रममा  शुरु हुदै छ ।
प्रतियोगीताको उदघाटन खेलमा नेपालले आज श्रींलकाको सामना गर्दै छ ।

नेपालले आज साझ श्रीलका विरुद्ध हुने खेलका लागि अधिकाश नया खेलाडीको नाम सार्वजनिक गरेको छ ।
गोल किपरमा किरण चेमजोङ, कप्तान अनील गुरुङ विराज महर्जन र रोहित चन्द बाहेक अन्य खेलाडी न‘या परेका छन् ।
बिमल घर्ती, अञ्जन विष्ट, आदित्य चौधरी, रिञ्जत धिमाल, विक्रम लामा, हेमन गुरुङ र जीतेन्द्र कार्की नया परेका छन् ।
श्रीलका विरुद्ध नेपालले अहिले साझ पौने ७ बजे खेल्ने छ । यो खेल जीतेमा नेपाल सेमिफाईनल पुग्ने संभावना बलियो हुने छ ।

केरलामा हुने खेल सॉझ पौने सात बजे शुरु हुने छ ।

विगतमा श्रीलङ्का नेपालमाथि हाबी भएको टोली हो । दुई टोलीबीच १३ ‘हेड टु हेड म्याच’ भएका छन् जसमा नेपालले दुई जित, छ बराबरी र पाँच हार व्यहोरेको छ । तर पछिल्लो समयमा श्रीलङ्का खस्किएको छ ।

फिफा बरियतालाई आधार मान्दा श्रीलङ्का दक्षिण एसियाकै कमजोर टोली हो भने नेपालको स्थान केही राम्रो छ ।

भर्खरै सार्वजनिक भएको बरियतामा नेपाल १९२ तथा श्रीलङ्का १९४ स्थानमा छ । दक्षिण एसियामा अफगानिस्तान र माल्दिभ्ससँग पछि परेको भारत नेपाल र श्रीलङ्काभन्दा धेरै माथि अर्थात १६६ औँ स्थानमा छ ।

पाकिस्तानले प्रतियोगितामा भाग नलिने निर्णय गरेसँगै यो समूहमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । तीन मध्ये दुई टोली सेमिफाइनलमा पुग्ने भएकाले नेपाललाई जम्मा एक जित जरुरी छ । तसर्थ फिफा बरियतामा पनि कम रहेको श्रीलङ्कालाई हाबी हुँदै दोस्रो चरणको स्थान सुरक्षित गर्नुपर्ने हुन्छ ।

अर्कोतिर भारतलाई पनि पराजित गरेमा या राम्रो गोल अन्तरमा बराबरी खेलेमा पनि नेपालको यात्रा सहज हुनेछ । नेपाल समूह विजेता हुन सकेमा अर्को समूहको उपविजेतासँग सेमिफाइनल भेट पक्का हुनेछ ।

यसो भएको खण्डमा नेपालको फाइनल यात्रा सहज हुन सक्नेछ जहाँ समूह ‘बी’ का टोली अफगानिस्तान, माल्दिभ्स, बङ्गलादेश र भुटानमध्ये एक प्रतिक्षारत हुनेछन् ।

साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । साफ खेल्ने आठ राष्ट्र मध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् जसमा भारत छ पटक तथा अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले एक÷एक पटक जित्नेमा छन् । यता नेपाल पनि पहिलो जितको खोजीमा छ ।

प्रतियोगीतामा सहभागी हुन भारत बाहेक ६ देशको टिम त्याहा पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी