पुष ७ काठमाण्डौं । दक्षिण एशियाकै फुटबलको ठूलो प्रतियोगीता साफ् च्याम्पियनसिप २०१५ बुधबारबाट भारतमा शुरु हुदै छ ।
प्रतियोगीताको उदघाटन खेलमा नेपालले भोली श्रींलकाको सामना गर्दै छ । अघिल्लो प्रतियोगीताको सेमिफाईनल सम्म पुगेको नेपाल यो पटक युवा र नया खेलाडी सहित मैदानमा उत्रिएको छ । यद्यपि कोचले कुनै पनि लक्ष्यबारे स्पष्ट योजना सुनाएका छैनन् ।
केरलामा हुने खेल सॉझ पौने सात बजे शुरु हुने छ । प्रतियोगीतामा सहभागी हुन भारत बाहेक ६ देशको टिम त्याहा पुगिसकेको छ ।
यसैबीच भारतीय फुटबल संघ प्रति नेपाल अफ्गानिस्तान सहित देशका प्रशिक्षकहरुले कमजोर व्यवस्थापन भएको भन्दै आलोचना गरेका छन् । नेपालका बेल्जियन प्रशिक्षक प्याट्रीक एजुम्सनले होटल बाहिर दुई घण्टा सम्म गाडीमै राखिएको, अभ्यासका लागि राम्रो मैदान नभएको र अन्ततः प्रि म्याच कन्फेरेन्सबारे समेत गलत सूचना दिएको र आफू अर्कै होटलमा पुर्याएको भन्दै आलोचना गरेका छन् । अफ्गानिस्तान कोचले पनि व्यवस्थापनको आलोचना गरेका छन् ।
प्रिम्याच कन्फेरेन्समा नेपालका कप्तान अनील गुरुङ पनि गएनन् । उनको ठाउमा डिफेन्डर रविन श्रेष्ठ उपस्थित भएका थिए ।
नेपालले पुष १२ मा भारतको सामना गर्ने छ ।