नाकाबन्दी र मधेस आन्दोलनले सिरक डस्ना ब्यापारी मारमा

नाकाबन्दी र मधेस आन्दोलनले सिरक डस्ना ब्यापारी मारमा

  • मङ्लबार, पुस ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

 धरान,सुनसरी ७ पुष २०७२ / केही दिन यता जाडो बढेपनि जाडोमा ओढ्ने सिरक, डस्नाको बिक्रि बितरण भने घटेको पाईएको छ ।

भारतको नाकाबन्दी र मधेस आन्दोलनले आर्थिक अवस्था कमजोर हु“दै गएकाले सिरक र डस्नाको व्यापार पनि घटेको हो ।

मंसिर अन्तिम देखिनै जाडो शुरु भए लगत्तै सिरक, डस्नाको व्यापार बढ्ने गरेको थियो । तर पुष पहिलो साता लाग्दा समेत व्यापार हुन नसकेको धरानका व्यापारीहरु बताउँछन् । नाकाबन्दी र मधेस आन्दोलनले मन्दी छाएको उनीहरुको भनाई छ ।

विशेष गरी मंसिर महिनादेखि माघको अन्तिमसम्म धरानका अधिकाश व्यापारीका कपडा पसलबाट सिरक किन्ने ग्राहकहरु आउने गर्दथे । जाडोको मौसममा धरान लगायत पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाका व्यापारीहरु धरानमा सिरक आउने गर्दथे । तर निरन्तरको बन्द र भारतको नाकाबन्दीले व्यापार घटेको युनिक कलेक्सन धरानका व्यापारी सुनिल गोसाईले बताउनुभयो ।

अन्य कपडाको तुलनामा सिरक, डसनाको बजार घट्दै गएको छ । जाडोको समयमा धरानमा दैनिक रुपमा २५ वटा सम्म सिरक, डसनाको अर्डर आउने आउथ्यो तर अहिले मुस्किलले ५ वटा सम्म मात्रै तयारीको लागि अर्डर आउने गरेको सिरक डसना तयार गर्ने मजदुर बताउँछन् ।

भारतबाट सिरक, डसना तयार गर्न आएका मजदुरहरु पनि काम नपाएर फर्कनु परेको मजदुरहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी