पदक विजेता खेलाडीलाई सम्मान

पदक विजेता खेलाडीलाई सम्मान

  • सोमवार, पुस ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पथरी (मोरङ), ६ पुस ।

पूर्वाञ्चल आइटिएफ तेक्वान्दो एसोसिएसनले भारतको नयाँ दिल्लीमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट विश्व प्रतियोगितामा नेपालबाट सहभागी भई पदक हासिल गर्न सफल तीन खेलाडीलाई आज विराटनगरमा सम्मान गरेको छ ।

सम्मानित हुनेमा अनामिका राई, निर्मला श्रेष्ठ र दिलन राई हुनुहुन्छ । पूर्वाञ्चलबाट छनोट भएर प्रतियोगितामा सहभागी हुनुभएकाहरूले गत मङ्सिर १६ देखि २० गतेसम्म भएको मार्सल आर्टको तेक्वान्दोमा एक रजत र दुई कास्य पदक जित्न सफल हुनुभएको थियो ।

राईले महिला ६४–७१ केजी तौल समूहमा रजत पदक, श्रेष्ठले महिला ४४–५१ केजी तौल समूहमा कास्य र राईले पुरुष ५७–६४ केजी तौल समूहमा कास्यपदक हासिल गर्नुभएको थियो । पदक विजेतालाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटीलगायतले सम्मानपत्र दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी