शिल्पीमा बन्यो विद्यार्थीको ‘जिउँदो सालिक’

शिल्पीमा बन्यो विद्यार्थीको ‘जिउँदो सालिक’

  • सोमवार, पुस ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, ६ पुस ।

बाँचुन्जेल व्यक्तिकोे माया र सम्मान ख्याल नगरिए पनि मरेपछि खोक्रो आदर्शका रुपमा फूलमालाले सजाउने समाजको कुविचारप्रति शिल्पी थिएटरमा विद्यार्थीले निर्देशन गरेको नाटक ‘जिउँदो सालिक’ नाटकले खरो विरोध गरेको छ ।

मूर्तिका रुपमा रहेको सालिकले सुत्रधार बन्दै नाटकका दृश्य जोडिरहेको हुन्छ । मौन (बोल्न नसक्ने) बालबालिकाको भावना परिवार, आफन्त र समाजले राम्रोसँग बुझ्न नसक्दा आत्महत्या गर्नु परेको यथार्थ नाटकले देखाउन खोजेको छ । अलिसा सिंह ठकुरीको निर्देशन रहेको नाटकमा बोल्न नसक्ने बालिकाको जीवन सङ्घर्ष देखाइएको छ ।

अन्तिममा बालिकालाई आत्महत्याको साटो अरू कुनै विकल्प दिन सकेको भएन नाटक अझ सशक्त बन्थ्यो । तर अहिलेका युवाले आत्महत्यालाई समस्याबाट टाढा भाग्ने उपायका रुपमा लिन थालेको देखाइएको छ । तर यसमा परिवर्तन हुनु जरुरी छ ।

बत्तीसपुतलीस्थित शिल्पी थियटरमा आइतबार र सोमबार प्रदर्शनी गरिने ‘जिउँदो सालिक’ नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसिएम)को प्रस्तुति हो । कुनै विषयलाई बुभ्mने तरिका व्यक्तिको उमेर, अवस्था र भोगाइमा निर्धारण हुन्छ । यतिबेला कलेजका विद्यार्थीले आफ्नै अनुभूति र भोगाइलाई ‘कलेज थिएटर फेस्टिबल’मा नाटकमार्फत प्रस्तुत गर्दैछन् ।

पुस २ गतेदेखि सुरु भएको सो फेस्टिबलमा काठमाडौँका गोल्डेनगेट इन्टरनेसनल कलेज, के एन्ड के इन्टरनेसनल कलेज, नेपाल कलेज अझ म्यानेजमेन्ट, काठमाडौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट, आर.आर कलेज र एक्मी इन्जिनियरिङ कलेजले नाटक प्रस्तुत गर्नेछन् ।

दश दिनसम्म चल्ने उक्त नाटकमा उत्कृष्ट प्रस्तुति र उत्कृष्ट नाटकलाई पुरस्कृत गरिनेछ । हरेक दिन दिउँसो १ र ४ बजे नाटक मञ्चन भइरहेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी