पढाई हुने विषय अनुसार शिक्षण अनुमतिपत्र वितरण गरिने

पढाई हुने विषय अनुसार शिक्षण अनुमतिपत्र वितरण गरिने

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ४ पौष ।  शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्र पढाई हुने विषय अनुसार वितरण गर्ने तयारी गरेको छ ।

आयोगका अध्यक्ष ताना गौतमका अनुसार आयोगका सदस्यबीच यस विषयमा सैद्धान्तिक सहमति भइसकेको र एक साताभित्रमा यस विषयमा निर्णय गरेर शिक्षामन्त्री समक्ष पेस गरिनेछ ।

विषगत रूपमा फरक फरक रुचि भएका व्यक्तिलाई एकै प्रकारको प्रश्न सोधेर लाइसेन्स वितरण गरिँदा गुणस्तरीय शिक्षण गर्न नसकिएको निक्र्योलसहित आयोगले नयाँ व्यवस्था गर्न लागेको हो । आयोगले हाल जुन विषय पढाउने शिक्षकलाई पनि लाइसेन्सको परीक्षामा एकै प्रकारको प्रश्न सोध्दै आएको छ ।

पहिलो चरणमा विषयगत रूपमा विज्ञान, अंग्रेजी र गणित विषयमा लाइसेन्स वितरण गरिनेछ । शिक्षक बनेर यी तीनबाहेक अन्य विषय पढाउन चाहने व्यक्तिका लागि भने एकै प्रकारको परीक्षा सञ्चालन गरिने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी