नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसग‘ पराजीत

नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसग‘ पराजीत

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २ पौष । साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि ढाका पुगेको नेपालले बंगलादेश विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा १–० को हार व्यहोरेको छ ।
ढाकाको बंगाबन्धु रंगशालामा भएको खेलमा नेपालले गोलका थुप्रै अवसर पाउनुका बाबजुद पनि खेल नियन्त्रणमा राख्न सकेन र हार व्यहोर्न बाध्य भयो ।
बंगलादेशका रोनीले १८ औ मिनेटमा गोल गरेका थिए ।
नेपालले आज खेलाडीहरुलाई परीक्षणकै रुपमा धेरैलाई रिप्लेस गराएको थियो ।
दोस्रो हाफ्मा कोच प्याट्रिक एजुम्सले ६ जनालाई रिप्लेस गरेका थिए । गोल किपर विकेस कुथुको ठाउमा किरण चेम्जोङ, कप्तान अनील गुरुङको ठाउमा नवयुग श्रेष्ठ, नवीन लामाको स्थानमा विमल घर्ती, विशाल राईको स्थानमा रोहित चन्द र विक्रम लामाको ठॉउमा योगेश गुरुङ र हेमन गुरुङको ठाउमा जगजीत श्रेष्ठलाई मैदानमा उतारेका थिए ।
पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीमा रहेका दुवै टिमले आजको मैत्रिपूर्ण खेल महत्वपूर्ण तयारीका रुपमा लिएका थिए ।
दक्षिण एसियाका सात देश सहभागी रहेको साफ च्याम्पियनसिपमा समुह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्ने छ । यस्तै पुस १२ मा हुने दोस्रो खेलमा नेपालले भारतसँग खेल्नेछ ।

समुहको शीर्ष दुई मा पर्न सके नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने छ । बंगलादेश रहेको समुह बी मा अफगानिस्तान, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको अन्तिम तयारीका लागि बंगलादेश गएको नेपाली टिम तीन दिनको बन्द प्रशिक्षण पछि भारतको केरला जानेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ