सृजना राईले उचालीन कोसी क्वीनकी उपाधी

सृजना राईले उचालीन कोसी क्वीनकी उपाधी

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

सुनसरी १ षैष २०७२/ धरान–११ की सृजना राईले १४ जना प्रतिस्पर्धीलाई उछिन्दै कोशी क्वीन–२०१५ को उपाधि जित्न सफल भएकी छिन्।

धरान–८ स्थित सभागृहमा सोमवार आयोजित कोशी क्वीन–२०१५ को उपाधिसँगै सृजनाले मस्ट ईन्टेलिजेन्टको सब टाइटल र व्युटि विथ प्रपोजको उपाधी समेत प्राप्त गरिन्। साथै बिजेताले नगद १० हजार, जिओनी स्मार्टफोन, गिफ्ट ह्याम्पर र काठमाण्डौंमा हुने “ब्युटिफुल नेपाल” नामक ब्युटी पेजेन्टमा निशुल्क सहभागी हुन पाउने भएकी छिन्।

फाइनल प्रतियोगिताको मुख्य निर्णायक वरिष्ठ आरजे । भिजे तथा मोडल कला सुब्बाद्वारा सोधिएको निर्णायक प्रश्न–“नेपालमा भईरहेको बन्द हड्ताल र यसबाट भैरहेको क्षतीलाई तपाई कसरी बुभ्m्नुहुन्छ ? र यसले देशलाई कुन दिशातिर लगिरहेको छ ? मा सृजनाले–“आफ्नो हक अधिकार राख्न पाउनु सम्पुर्ण नागरिकको अधिकार हो तर अरुको रोजीरोटी खोस्न मिल्दैन त्यसैले तराईलाई चोट लाग्दा पहाडलाई दुख्नुपर्छ ,व्यक्तिगत स्वार्थ त्यागी सामाजिक सद्भाव कायम राख्दै नेपाल आमाको शिर सदैव उच्च राख्नुपर्छ” भन्ने जवाफ दिई कोशी क्वीन–२०१५ को उपाधि चुम्न सफल भएकी हुन्। यसैक्रममा रेश्मा राईले थर्डरनरअपको उपाधिसँगै वेष्ट ट्यालेन्टको सब टाइटलसंगै क्राउन र गिफ्ट ह्याम्पर, मिरा धमलाले सेकेण्ड रनरअपको उपाधिसँगै वेष्ट स्किनको सबटाईटलसंगै क्राउन गिफ्ट ह्याम्पर र पुजा लिम्बुले फस्ट रनरअपको उपाधिसँंगै वेष्ट पर्सनालिटीको सबटाईटलसंगै क्राउन गिफ्ट ह्याम्पर समेत हात पारिन्।

सो प्रतियोगिताका वेष्ट क्याटवक र वेष्ट फोटोजेनिक मोनालिसा तेयुङ, मिस चार्मिङ मुना मगर (भेडेटार, नाम्जे), वेष्ट हेयर पम्फा माया लिम्बु, वेष्ट स्माइल र मस्ट पब्लिक च्वाइस एन्जोल खवास, मष्ट एक्टिभ साहिना साम्पाङ, मष्ट इनोसेन्ट प्रिया सोनी,वेष्ट ड्रेस, मस्ट पपुलर र वेष्ट डिसीप्लीन मिनु लिम्बु,मस्ट व्युटीफुल जुना राई, मोष्ट स्मार्ट सुष्मा तामाङ, वेष्ट फिगर सरीता श्रेष्ठ मोष्ट स्टाईलिस सोनी विशुंखेले सब टाइटल जितेकी थिईन् । उनीहरुलाई सब टाइटलसँगै जिनास स्टोर धरान, अरुण भ्याली भेडेटार र शाशा ब्युटी पार्लरको तर्फबाट उपहार समेत प्रदान गरिएको थियो ।

कोशी क्वीन–२०१५ को निर्णायकहरुमा क्रमशःमोडल तथा आरजे भिजे कला सुब्बा, मिस मंगोल २०१४ की विजेता सेम्फुङ्मा लिम्बु, र रेडियो नेपालकी पुर्व प्रस्तोता अम्बिका रहेका थिए। पहिलो राउण्डमा १५ जना प्रतिस्पर्धीहरुबाट परिचय प्रिजजिङको आधारमा उत्कृष्ट १० छनौट गरिएको थियोभने उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारमा अन्तिम ५ जनालाई छनौट गरिएको थियो । प्रतियोगीहरुले गाउन, साडी र जातिय पहिरनमा प्रस्तुत भएका थिए भने २०१४ का प्रथम प्रतियोगीताका सहभागीहरुले समेत साडी र क्याजुअल परिहनमा क्याटवक गरिनुका साथै आरजे, भिजे कला सुब्बा र कोरियोग्राफर हिमानी सुब्बाले समेत क्याटवक गरि दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए।

अमाजोन इन्टरटेन्मेन्ट काठमाण्डौको आयोजनमा सम्पन्न सो कार्यक्रममा गायिका तथा समाजसेवी हर्षु राई तथा बबिन लिम्बुले गित प्रस्तुत गरेका थिएभने हाम्रो डान्स सेन्टरका कलाकारहरुकोआर्कषक नृत्यहरुले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी