‘डि’ र त्योभन्दा कम श्रेणीकाले चाहेमा पुनः परीक्षा दिनसक्ने

‘डि’ र त्योभन्दा कम श्रेणीकाले चाहेमा पुनः परीक्षा दिनसक्ने

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, १ पुस ।

लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन पद्धति) अनुसार डि र डिभन्दा तल्लो ग्रेड प्राप्त गरेको विद्यार्थीले कुनै दुई वा त्योभन्दा बढी विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी वर्षको एसएलसी परीक्षा दिन पाउनेछन् ।

शिक्षा मन्त्रालयले भर्खरै कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि–२०७२ मा यसै वर्षदेखि एसएलसी परीक्षामा लागू गरिन लागेको लेटर ग्रेडिङ् प्रणालीअनुसार प्राप्त हुने श्रेणीमा विद्यार्थीलाई चित्त नबुझेमा पुनः मूल्याङ्कन गराउनसक्ने व्यवस्था रहेको छ ।

लेटर ग्रेडिङ प्रणाली क्रमशः अन्य तह तथा कक्षामा समेत लागू गरिनेछ । यस क्रममा कक्षा १ देखि ७ सम्म लागू भएको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रियामा हाल कायम रहेको प्राप्ताङ्कको तीनवटा वर्गान्तरलाई उक्त प्रणालीमा कायम गरिएका वर्गान्तर सरह बनाई सिकाइका लागि मूल्याङ्कन प्रक्रियामा जोडिनेछ ।

यसका लागि शिक्षा विभागले सहजीकरण गर्नेछ भने विद्यार्थी मूल्याङ्कनमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट स्वीकृत नीति कार्यान्वयन गरी सहजीकरण र प्राविधिक सहयोगसमेत प्रदान गर्नेछ ।

परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणाली कार्यान्वयन गर्नेछ भने यसका लागि विद्यार्थी, शिक्षक, विद्यालय र जिल्ला शिक्षा कार्यालयलाई आवश्यक निर्देशन र समन्वय गर्नेछ । क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यान्वयनका बेला आवश्यक सहजीकरण र अनुगमन गर्नेछ ।

लेटर ग्रेडिङ प्रणालीअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।

शिक्षा मन्त्रालयले गत मङ्सिर २६ गते अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि–२०७२ लाई स्वीकृत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी