अख्तियारमा शिक्षा क्षेत्रका बढी उजुरी

अख्तियारमा शिक्षा क्षेत्रका बढी उजुरी

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भीमदत्तनगर, १ पुस ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी परेका छन् ।

आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालय स्थापना भएको दुई वर्षमा परेका कुल दुई हजार १७९ उजुरीमा सबैभन्दा बढी शिक्षा क्षेत्रका ८२० उजुरी परेका छन् । ती उजुरीमा शिक्षाको दरबन्दी मिलानदेखि शिक्षक नियुक्त प्रक्रियामा भएका धाँधलीसम्मका विषयहरु रहेका छन् कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगमा परेका अन्य उजुरीमा स्थानीय विकासमा २७१, वन क्षेत्रका २४६, स्वास्थ्यमा १३८ र भूमिसुधारमा एक हजार १३४ वटा रहेको छ । शर्माका अनुसार एक हजार ६६६ उजुरीको भने फस्र्यौट भइसकेको छ । उहाँले बाँकी ५१३ वटा उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिनुहुँदै ४९ वटा उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको पनि बताउनुभयो ।

आयोगको अञ्चलगत रेकर्ड अनुसार सेतीमा एक हजार १११ उजुरी परेका छन् भने महाकालीमा एक हजार ५९ उजुरी परेको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी