काठमाडौ १ पौष । युरोपियन फुटबल महासंघ युएफाले जारी सिजनको च्याम्पियन्स लिग फुटबलको ड्रिम टिम घोषणा गरेको छ ।
समुह चरणको खेलमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरेको ड्रिम टिममा बार्सिलोनाका खेलाडीहरु लियोनल मेस्सी, नेईमार र लुईस सुवारेज भने समेटिएका छैनन् ।
मेस्सी र नेईमार यस वर्षको फिफा वर्ष खेलाडीका लागि रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गरिरहेको भए पनि युएफा ड्रिम टिममा पर्न भने असफल भएका हुन् ।
युएफाले सार्वजनिक गरेको ड्रिम टिममा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, बायर्न म्युनिखका थोमस मुलर र जेनीथका हल्क फरवार्डको रुपमा समावेश गरिएका छन् । यसैगरी मिडफिल्डरहरुमा चेल्सीका विलियन, म्यानचेस्टर सिटीका राहिम स्टर्लीङ र गेन्टका स्वेन कुम्स परेका छन् ।
यस्तै डिफेन्डरहरुमा बायर्न म्युनिखका अलाबा, एथ्लेटिको मड्रिडका डिएयो गोडिन, पि.एस.जीका थियागो सिल्भा र युभेन्टसका बार्जाग्ली रहेका छन भने गोलरक्षकमा पिएसजीका केभिन ट्राप परेका छन् ।