सागका लागि बक्सिङ खेलाडी छानिए

सागका लागि बक्सिङ खेलाडी छानिए

  • मङ्लबार, मंसिर २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २९ मङ्सिर ।

अर्को वर्ष भारतमा हुने बाह्रौँ दक्षिण एसियाली खेलकुद ९साग० मा सहभागी हुने १० जना बक्सिङ खेलाडीको आज टुङ्गो लागेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चार दिनदेखि जारी छनोट प्रतियोगिताअन्तर्गत आज भएको फाइनल चरणको छनोटमा महिला ४८–५१ केजीमा नेपाल आर्मी क्लब ‘ए’ की मीनु गुरुङले नेपाल प्रहरी क्लब ‘बी’ की दिवाना शेर्मा, ५७–६० केजीमा सशस्त्र प्रहरी बल ९एपिएफ० ‘ए’ की सरस्वती राना मगरले आर्मी ‘ए’ की निरु गुरुङ र ६९–७५ केजीमा एपिएफ ‘बी’ की सङ्गीता सुनारले एपिएफ ‘ए’ की प्रमिला पाण्डेलाई हराउँदै सागका लागि छनोट हुन सफल भएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।

त्यसैगरी, पुरुष ४९ केजीमा आर्मी ‘ए’ का तेजबहादुर देउवाले बाजुराका गणेश बोहरालाई पराजित गर्दै प्रतियोगिताका लागि छनोट हुन सफल भएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।

त्यस्तै, ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरीले नक्साल ‘ए’ का शक्ति लामालाई, ५६ केजीमा प्रहरी ‘ए’ का दिनेश श्रेष्ठले आर्मी ‘ए’ का अर्जुन सिगुलाई, ६० केजीमा दानबहादुर दर्लामीले प्रहरी ‘ए’ का भूपेन्द्र थापालाई, ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठले नक्साल ‘ए’ का निभास तण्डुकारलाई, ६९ केजीमा एपिएफ ‘ए’ का विकास लामाले ललितपुर ‘ए’ का उमेश रिजाललाई र ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामाले आर्मी ‘बी’ का महेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै सागका लागि छनोट हुन सफल भए ।

छनोट प्रतियोगितामा ५१ पुरुष र सात महिला खेलाडीले सहभागिता जनाएका थिए । सहभागीमध्ये सबै तौल समूहमा प्रथम हुने खेलाडी सागका लागि छनोट हुन सफल भएको सङ्घले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी