काठमाडौं, २९ मंसिर ।
बंगलादेशसंग मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेकोे छ । बिहीबार बंगलादेशको ढाकामा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली उतैबाट साफ च्याम्पियसिप खेल्न भारतको केरला जाने छ।
अनिल गुरुङ्गको कम्तानीमा बंगलादेश गएको टोलीलाई एन्फा कम्प्लेक्स सातदोवाटोमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले विदाइ गरेका छन । कप्तान गुरुङले टिममा नयाँ अनुहार धेरै रहेकाले यो पटक राम्रो गर्ने दाबी गरेका छन ।
नयाँ खेलाडीसँगै नयाँ अवसर आएको र यो अवसरलाई आफूहरुले खेर नफाल्ने उनको भनाई छ । मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सले प्रतियोगितालाई लिएर आफू निक्कै उत्साहित भएको बताए ।
आगामी पुस ८ गतेदेखि १९ गतेसम्म भारतको केरलामा हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासित पुस ८ गते खेल्ने छ । यस्तै दोश्रो खेलमा पुस १२ गते भारतसित खेल्ने छ ।