क्रिकेट किचलोः योगेश भट्टराई, गगन थापा सम्मिलित क्यानको बोर्ड बन्दै

क्रिकेट किचलोः योगेश भट्टराई, गगन थापा सम्मिलित क्यानको बोर्ड बन्दै

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, मंसिर २८ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको छ ।

चुनावी प्रतिनिधि छनोट पारदर्शी नभएको, संघभित्रको आर्थिक अनियमितता, प्रशासनिक एवं व्यवस्थापकीय कमजोरीमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै राखेपले साधारणसभा रोक्न निर्देशन दिएको राखेप सदस्यसचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

यसैबीच, उपाध्यक्ष चतुरबहादुर चन्दले अध्यक्षता गरिरहेको साधारणसभामा प्रहरीले आज हस्तक्षेप गरेको छ । उपाध्यक्षद्धय केशव घिमिरे र सुनील अमात्यले राखेपले पठाएको पत्र वाचन गर्न पाउनुपर्ने माग गरेपछि हो–हल्ला हुँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

अध्यक्ष आङबुहाङसहितको समूह उपस्थित नभएको क्यानको साधारणसभामा ३४ जिल्ला, ९ क्षेत्र र २६ केन्द्रीय समिति गरी ८३ मध्ये ७१ जना सहभागी रहेको दाबी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी