काठमाडौँ, २८ मङ्सिर ।
जर्मन सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि ‘पुनःनिर्माण ऋण निगम’मार्फत तीन अर्ब ४६ करोड ९३ लाख अनुदान सहयोग गर्ने भएको छ ।
‘नेपालको पुनःनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन’मा जर्मन सरकारले प्रतिबद्धता गरेअनुसार उक्त सहयोग सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव लोकदर्शन रेग्मी र नेपालका लागि जर्मनीका राजदूत माथियास मायारले हस्ताक्षर गर्नुभयो ।
अनुदान सहयोगमध्ये दुई अर्ब ८९ करोड वित्तीय सहयोग र ५७ करोड ९३ लाख प्राविधिक सहयोग रहेको छ । जर्मनी सरकारले गरेको सहयोग रकमले भूकम्पपछि क्षतिग्रस्त भक्तपुरका पुरातात्विक महत्वका पूर्वाधार र विद्यालयको पुनःस्थापनामा सचिब रेग्मीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline