रोलबल विश्व च्याम्पियसीपका लागि नेपाली टोली पुणे जाँदै

रोलबल विश्व च्याम्पियसीपका लागि नेपाली टोली पुणे जाँदै

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २८ मंसिर ।  तेस्रो रोलबल विश्व च्याम्पियसीपमा सहभागी हुन नेपाली टोली आज भारतको पुणे जाँदैछन् ।

डिसेम्बर १५ देखि २० तारीखसम्म हुने प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तथा महिला गरी १२ खेलाडीको सहभागीता रहनेछ ।

टिम व्यवस्थापक नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन र प्रशिक्षकका रुपमा अर्पण पुरी पनि टोलीसँगै त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रतियोगितामा नेपाल सहित विश्वका ३५ राष्ट्रको सहभागिता रहनेछ । यसअघि केनयामा भएको दोस्रो संस्करणमा नेपाली महिला टोलीले तेस्रो स्थान हात पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी