इजरायल कामदार पठाउने प्रक्रिया लम्बियो

इजरायल कामदार पठाउने प्रक्रिया लम्बियो

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २७ मङ्सिर । इजरायलमा रोजगारीका लागि नेपालबाट ३०० घरेलु कामदार पठाउने प्रक्रिया लम्बिएको छ ।

इजरायल जान चाहने घरेलु कामदारका लागि यसअघि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निकालेको सूचनामा तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधानको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छनोट प्रक्रिया लम्बिएको हो ।

सो प्रावधानका कारण सीमित म्यानपावर कम्पनीले मात्रै इजरायलमा कामदार पठाउन पाउने र २०६८ सालभन्दाअघि तालिम लिएकाले मात्रै रोजगारीमा जान पाउने अवस्था आएको भन्दै उजुरी परेपछि आयोगले अन्य आवेदकले पनि जान पाउने गरी प्रस्ताव संशोधन गर्न निर्देशन दिएको थियो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आवेदन दिएकामध्ये १४५ जना नर्सको हकमा तत्काल प्रक्रिया सुरु गरिने अन्यको हकमा तीन महिना तालिम लिएपछि मात्रै जान पाउने गरी काम अगाडि बढाइएको जानकारी दिनु भयो ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस तयारी

श्रम तथा रोजगार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गोविन्दमणि भुर्तेलले आगामी पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइन लागेको जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी