शनिबार संवाद डबलीमा प्रगतिशील लेखक सङ्घले शक्ति लम्सालकाे स्मृतिमा अायाेजना गरेकाे कार्यक्रममा स्राष्टाहरुले पत्रकार तथा प्रगतिवादी साहित्यकार लम्सालले नेपालकाे परिवर्तमा साहित्य क्षेत्रबाट खेलेकाे भूमिकाबारे चर्चा गरेका हुन् ।
कार्यक्रममा बाेल्दै वरिष्ठ प्रगतिवादी साहित्यकार तथा प्रलेसका अध्यक्ष अमर गिरीले शक्ति लम्सालले नेपाली प्रगतिवादी साहित्यमा पुर्याएका याेगदानबारे चर्चा गर्दै क्रान्तिकारी अान्दाेलनमा ठूलाे याेगदान पुर्याएकाे बताए ।
‘म भन्दा उमेरले पनि पाका शक्ति दाईले क्रान्तिकारी अान्दाेलनलाई नयाँ उचाइमा उठाउन प्रगतिवादी साहित्यकाे क्षेत्रबाट कलम चालाउँनुभयाे’, गिरीले अगाडि भने, उहाँकाे जीवनबाट सिक्नुपर्ने कुरा धेरै छन् ।’
वरिष्ठ प्रगतिवादी साहित्यकार तथा लेखक निनु चापागाईले शक्ति लम्सालले प्रगतिवादकाे मसिनाे अध्ययन गरेर परिवर्तनकारी अान्दाेलनमा अाउँने स्खलनविरुद्ध प्रहार गरेकाे बताए ।
कार्यक्रममा प्रा.डा. नन्दीश अधिकारीले सादा जीवन र क्रान्तिकारी विचार भएका शक्ति लम्साल नयाँ पुस्तालाई शिक्षा भएकाे भन्दै प्रगतिवादी साहित्यकाे क्षेत्रबाट परिवर्तनकाे पक्षमा जीवन अर्पण गरेकाे बताए ।
पत्रकार तथा प्रगतिवादी साहित्यकार शक्ति लम्सालकी जीवनसाथी कृष्णा लम्सालले अाफूले बाेकेकाे सिद्धान्त र विचारमा कसैसँग सम्झाैता नगर्ने स्वभाव शक्ति लम्सालकाे भएकाे बताइन् । उनले शक्ति लम्सालले खाना नखाने तर अध्ययन गर्ने गरेकाे बताइन् ।
‘घर खर्च चलाउन निकै समस्या हुन्थ्याे, बिहानै एक मुठा पत्रिका बाेकेर घर अाउँनुहुन्थ्याे, पैसा तिर्न सकिँदैन धेरै पत्रिका नकिनाैं भन्दा म बरु भाेकै बस्छु तर पत्रिका पढ्न छाेड्दिन भन्नुहुन्थ्याे’ कृष्णाले भक्कानिदै भनिन् । कृष्णाले शक्ति लम्सालले अाफूलाई एउटामात्र विधामा नभएर नेता,साहित्यकार र पत्रकारकाे रुपमा चिनाउन चाहनु भएकाे बताइन् ।
स्मृति कार्यक्रममा प्रगतिवादी साहित्यकार मित्रलाल पंगेनीले पत्रकार तथा साहित्यकार शक्ति लम्सालले परिवर्तनकारी अान्दाेलनमा पुर्याएकाे याेगदानबारे चर्चा गरेका थिए ।
वरिष्ठ वामपन्थी पत्रकार तथा प्रगतिशील साहित्यकार लम्सालकाे गत कात्तिक २४ गते राति निधन भएकाे थियाे