दाङमा मह उत्पादन बढ्यो

दाङमा मह उत्पादन बढ्यो

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२६ मंसिर ।

दाङ जिल्लामा यसवर्ष मह उत्पादन बढेको छ ।

महको लागि उर्वर मानिने जिल्लामा पछिल्लो समयमा माहुरीको गोलामा वृद्धिसँगै मह उत्पादन पनि गतवर्षको तुलनामा यसवर्ष बढेको हो । जिल्लामा गतवर्षको तुलनामा ४० प्रतिशतले मह उत्पादन बढेको हो । जिल्ला माहुरीपालन सङ्घका अनुसार गतवर्ष छ हजार माहुरीका गोलाबाट प्रतिगोला १५ किलोका दरले ९० मेट्रिक टन मह उत्पादन भएको थियो ।

यसवर्ष आठ हजार माहुरीको गोलाबाट प्रतिगोला २० किलोका दरले १६० मेट्रिक टन मह उत्पादन भएको सङ्घका सचिव चेतमान भण्डारीले जानकारी दिनुभयो । उत्पादन बढ्नुको कारण तोरीखेती फस्टाउनु, सयममै पानी पर्नु र मह उत्पादन गर्ने समयमा तापक्रम एकैनास हुनु जस्ता कारण रहेको उहाँले बताउनुभयो ।

जिल्लामा हाल ५० जना कृषकले व्यावसायिक माहुरीपालन गदै आएका छन्, भने सङ्घमा २०० सदस्यको आवद्धता रहेको छ । जिल्लामा हाल १० हजार मौरीको गोला रहेका छन् । माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट दुई हजार घार यहाँ ल्याएको छ भने जिल्लाभर आठ हजार माहुरीका घार रहेका छन् । रामपुर, गिढेपानी, नारायणपुर, तुलसीपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।

जिल्लामा उत्पादन भएको महमध्ये ५० प्रतिशत निर्यात हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी