विद्यालयको भवन नहुँदा विद्यार्थीहरु जाडोमा कठ्याङ्ग्रिदैै खुला चौरमा पढ्न बाध्य

विद्यालयको भवन नहुँदा विद्यार्थीहरु जाडोमा कठ्याङ्ग्रिदैै खुला चौरमा पढ्न बाध्य

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ, २५ मङ्सिर ।

भारतको अघोषित नाकाबन्दीका कारण निर्माण सामग्रीको अभावले विद्यालय भवन निर्माण हुन नसक्दा म्याग्दीको एक विद्यालयका विद्यार्थी मङ्सिरको जाडोमा कठ्याङ्ग्रिदैै खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट फापरखेतको खड्गभवानी प्राविको भवन गत वैशाखको विनाशकारी भूकम्पका कारण चर्किएर बस्नै नसक्ने भएपछि असारबाट निर्माण गर्न लागिएको थियो ।

पहिला वर्षा र त्यसपछि लगत्तै भएको नाकाबन्दीका कारण आवश्यक निर्माण सामग्रीको अभावमा भवन निर्माण हुन नसकेपछि विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताउनुभयो ।

विद्यालयको भवन बस्नै नमिल्ने गरी चर्किएपछि जिल्ला शिक्षा कार्यालयबाट रु सात लाख ५० हजार र दुई लाख ५० हजार बराबरको श्रमदानमा तीनकोठे भवन निर्माणकार्य सुरु गरिए पनि निर्माण सामग्रीको अभावमा भवन पूरा गर्न नसकिएको प्रअ चर्मकारले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा ६२ जना विद्यार्थी रहेकामा सम्पूर्ण विद्यार्थी दलित समुदायका रहेका छन् ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको कक्षा २ र ३ का विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको छ भने कक्षा १ का विद्यार्थीलाई पुस्तकालयमा राखिएको छ । ४ र ५ कक्षाका विद्यार्थी भने चर्केकै कक्षा कोठामा बसेर पढिरहेको जानकारी प्रअ चर्मकारले दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी