काठमाडौ २५ मंसिर ।
युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब टोटनह्याम हट्सपरले फ्रान्सको मोनाकोलाई पराजित गरेको छ । प्रतियोगिताको गएराति सम्पन्न खेलमा टोटनह्यामद्धारा मोनाको ४–१ ले पराजित भएका हुन् ।
घरेलु मैदानमा भएको खेलमा टोटह्यामका लागि एरिक लामेलाले ह्याट्रिक गरे भने टम क्यारोलले एक गोल थपे । जितसँगै टोटनह्यामले समुह ‘जे’ को शिर्ष स्थानमा रहेको छ ।
युरोपा लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुल र स्वीट्जरल्याण्डको एफसी सियोनसँग गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै लिभरपुल समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ ।
गएरातिका खेलहरुपछि युरोपा लिग फुटबलमा सबै १२ समुहबाट अर्को चरणमा पुग्ने २४ वटा टोलीहरुको टुंगो लागेको छ ।
युएफा च्याम्पियन्स लिग फुटबलको समुहमा तेस्रो हुने आठवटा टोलीहरु मिसिएर कुल ३२ टोलीले युरोपा लिग फुटबलमा प्रतिस्पर्धा गर्नेछन् ।