सुटिङका लागि बाह्र खेलाडी छनोट

सुटिङका लागि बाह्र खेलाडी छनोट

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, २४ मङ्सिर ।

भारतमा हुने १२ औँ दक्षिण एसियाली खेलकुद ९साग० का लागि सुटिङ खेलाडी छनोट कार्य आज पूरा भएको छ ।

विभिन्न चार स्पर्धामा समान छ–छ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न भएको आयोजक नेपाल सुटिङ सङ्घका सचिव प्रदीप खातीले जानकारी दिनुभयो ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरे ९५६९ अङ्क० पहिलो, सुनसरीका टीकाराम श्रेष्ठ ९५६६ अङ्क० दोस्रो र ललितपुरका असिम यादव ९५६१ अङ्क० तेस्रो भए ।

सोही स्पर्धाको महिलामा रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणा ९३८९ अङ्क० पहिलो, नेपाल प्रहरीका फूलमाया क्याप्छाकी ९३८५ अङ्क० दोस्रो र अस्मिता राई ९३८५ अङ्क० तेस्रो भए ।

त्यस्तै पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउदिन अन्सारी ९५५२ अङ्क० पहिलो, नेपाल आर्मीका कुवेर केसी ९५४८ अङ्क० दोस्रो र काठमाडौँका सुमन तुलाधर ९५३९ अङ्क० तेस्रो भए । सोही स्पर्धाको महिलामा सबै प्रहरीका खेलाडी छनोट भए ।

सविता बस्नेत ९३६३ अङ्क० पहिलो, सीमा तुलाधर ९३६० अङ्क० दोस्रो तथा मनिता राई ९३५७ अङ्क० तेस्रो भए । पुरुषमा छसय र महिलामा चारसय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । सागको पाँचौं संस्करणदेखि सुटिङमा भाग लिन थालेको नेपालले हालसम्म एक स्वर्ण, एक रजत र छ कास्य जितेको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी