काठमडाौ २४ मंसिर ।
च्याम्पियन्स लिग फुटबलको समुह चरणको अन्तिम खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना बार्यर लेभरकुसनसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको २० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । लगत्तै २३ औं मिनेटमा हर्नान्डेजले लेभरकुसनका लागि बराबरी गोल फर्काए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल १–१ को बराबरीमा सकियो । बराबरीपछि लेभरकुसन समुह चरणबाटै बाहिरिएको छ । १४ अंकसहित समुह विजेता बनेको बार्सिलोना भने यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।
गएराति नै भएको अर्को खेलमा बाटे बारिसोभसँग गोलरहित बराबरीमा रोकेको रोमा समुह उपविजेताको रुपमा अन्तिम १६ मा समेटिएको छ ।
लेभरकुसन बार्सिलोनासँग बराबरीमा रोकिएपछि लेभरकुसनसँग समान अंक रहेको रोमा दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।