मिस मोडर्न कलेजको उपाधि झरनालाई

मिस मोडर्न कलेजको उपाधि झरनालाई

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भक्तपुर, २३ मङ्सिर । यस वर्षको ‘मिस मोडर्न कलेज’को उपाधि झरना मानन्धरले जितेकी छिन् ।

कक्षा ११ मा अध्ययनरत झरनाले ५६ जना प्रतिस्पर्धीलाई उछिन्दै आज उपाधि हात पारेकी हुन् । त्यसैगरी मिस्टर मोडर्नको उपाधि सुलभ तिम्सिनाले हात पारे ।

भक्तपुर दधिकोटस्थित मोडर्न कलेज अफ म्यानेजमेन्टले प्रत्येक वर्ष मिस एण्ड मिस्टर मोडर्न प्रतियोगिता गर्दै आइरहेको छ । विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई उनीहरुलाई समाजमा प्रतिस्थापन गर्ने उद्देश्यले मोडर्नले हरेक वर्ष यस्ता प्रतियोगिता सञ्चालन गर्दै आइरहेको कलेजका प्राचार्य अनिल कसपालले बताउनु भयो ।

सो अवसरमा आयोजित प्रतियोगितामा मोडर्न सर्वोकृष्ट प्रतिभाको उपाधि मनस्तोष कार्कीले हात पारे भने मोडर्न उत्कृष्ट व्यक्तित्व सनिता श्रेष्ठ घोषित भइन् । प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि मिस नेपाल अर्थ– २०१२ का विजेता नग्मा श्रेष्ठ, गायन निर्णय एनएसकेएस र निर्देशक तथा पत्रकार प्रदिप कसपालले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

सोही अवसरमा कलेजको शैक्षिकसत्र २०७०÷०७१ का सर्वोत्कृष्ट पहिला,े दोस्रो, तेस्रो हुन सफल क्रमशः रक्षा खनाल, विजय थापा र विजेन शाक्यलाई स्वर्ण पदक र नगद पुरस्कार प्रदान गरेको थियो । त्यसैगरी, मोडर्न गायन तथा नृत्य प्रतियोगिता, मोडर्नको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी