काठमाण्डौ ,२३ मंसिर ।
नेपाल आयल निगमले भोलि बिहीबार पनि निजी मोटरसाइकल र स्कुटरलाई काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पेट्रोल वितरण गर्दैछ ।
आयल निगमले झण्डै ५० वटा पम्पबाट २६ देखि ४० नम्बर लटमा दर्ता भएका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्नेछ ।
बिहान ९ बजेदेखि सबै पम्पहरुमा तेल वितरण सुरु गरिने भएकाले आज बेलुकीसम्म नै तोकिएका पम्पहरुमा तेल ल्याइसकिनेछ ।
उपभोक्ताले तेल भर्न लाइनमा बस्दा नविकरण गरिएको सवारी धनी पत्र (ब्लु बुक) अनिवार्य हुनुपर्नेछ । प्रत्येक मोटरसाइकल र स्कुटरले चार लिटरका दरले तेल पाउनेछन् ।
आयल निगमले भालिका लाागि तेल वितरण हुने ४४ वटा पम्पहरु तोकेको छ । बिहीबार झण्डै २ लाख लिटर भन्दा बढी पेट्रोल वितरण हुनेछ ।
आयल निगमले मंगलबारदेखि मोटरसाइकल र स्कुटरलाई लटका आधारमा दिन बिराएर पेट्रोल वितरण सुरु गरेको हो ।
अब २६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकल र स्कुटरलाई तेल बिक्री गर्ने तालिका तय भएको छ ।
तर ईन्धन लिने सवारी साधनको चाप अघिल्लो पटकको जस्तो नहुने तेल वितरक बताउछन् । अहिले नविकरण गरिएको ब्लु बुक अनिवार्य मागिएकोले तेल वितरणमा सहज र चाप कम भएको बताउछन् ।
यसअघि तेल भर्न जाने सवारी साधनलाई ब्लु बुक मागिएको थिएन ।
हेर्नुस् कुन कुन पम्पबाट तेल पाईन्छ ।
