एपिएफ, नेपाल प्रहरी र पश्चिमाञ्चल विजयी

एपिएफ, नेपाल प्रहरी र पश्चिमाञ्चल विजयी

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २२ मङ्सिर ।

सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन ब्ल्यू स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी क्लब र पश्चिमाञ्चल क्लब विजयी भएका छन् ।

नयाँ बसपार्कमा भएको उक्त प्रतियोगितामा एपिएफले विजेश्वरी स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै आफनो अपराजित यात्रालाई कायममै राखेको छ । त्यसैगरी प्रहरीले भने धादिङ कलाकार सङ्घलाई ३–० को सोझो सेटमा नै पाखा लगायो ।
राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र अरूणा शाही रहेको पश्चिमाञ्चलले भने जानकी स्कुललाई ३–० को सेटमा नै पराजित गर्दै विजयी भएको हो । एपिएफले विजेश्वरीलाई २५–३, २५–४ र २५–४ को सेटमा पराजित गरेको हो । त्यस्तै प्रहरीले धादिङलाई २५–५, २५–१० र २५–१० को सेटमा तथा पश्चिमाञ्चलले जानकीमथि २५–१०, २५–४ र २५–६ को सेटमा पाखा लगाउदै विजयी भयो ।

त्यसैगरी सोही स्थानमा आजै भएको अन्य खेलमा एन्जल्स हर्टले चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई ३–२ सेटमा पराजित गर्दै विजयी भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एन्जल्स हर्टले पहिलो २५–१८ र दोस्रो सेट २५–१३ ले आफनो पक्षमा पारेता पनि त्यसपछिको लगातार दुई सेट चण्डेश्वरीले २५–२२ र २५–२३ ले जित्यो । निकै प्रतिस्पर्धात्मक बनेको अन्तित सेट अन्तत एन्जल्स हर्टले १५–७ ले आफनो पक्षमा पादै विजयी हुन सफल भयो ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगिता विभिन्न १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टोलीले रु दुई लाख ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख ३० हजार पाउनेछ । त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु ७० हजार प्राप्त गर्नेछ भने चौथो स्थान हासिल गर्ने टोलीले रु ४० हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्रतिभावान् खेलाडी, वुमन अफ द सिरिजल र वर्ष खेलाडी घोषित हुने खेलाडीले जनही एक–एक थान स्कुटर प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी