अक्षराङ्कन प्रणाली पुनरावलोकन गर्न मन्त्रीसंग एनप्याब्सनको माग

अक्षराङ्कन प्रणाली पुनरावलोकन गर्न मन्त्रीसंग एनप्याब्सनको माग

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २२ मङ्सिर ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) ले एसएलसी परीक्षामा यस वर्षबाट लागू गरिने ‘लेटर ग्रेडिङ’ (अक्षराङ्कन प्रणाली) को पुनरावलोकन गर्न सुझाएको छ ।

एसोसिएसनका अध्यक्ष कर्णबहादुर शाही नेतृत्वको टोलीले आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी यसै शैक्षिकसत्रदेखि लागू गरिने अक्षाराङ्कमा मूल्याङ्कन प्रणालीलाई आवश्यक पूर्वाधार नै पूरा नगरी ल्याउन खोजिएको गुनासो गरेको हो ।
अध्यक्ष शाहीले प्रवेशिकाको पूर्वतयारी परीक्षा सञ्चालन गरेरमात्र बोर्ड परीक्षामा विद्यार्थीलाई सम्मिलित गराउन या आवश्यक पूर्वाधार तयार गरेर आउने शैक्षिकसत्रबाट मात्र नयाँ प्रणाली लागू गराउन माग गर्नुभयो ।

यस्तै, तराई मधेसको आन्दोलनलाई ध्यानमा राखी ती जिल्लामा परीक्षा केही पछि सार्न पनि टोलीले आग्रह गरेको छ ।

मन्त्री पोखरेलले मागका बारेमा आवश्यक छलफल गर्ने विश्वास दिलाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी