सागका लागि सुटिङ खेलाडी छनोट आजबाट

सागका लागि सुटिङ खेलाडी छनोट आजबाट

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ २२ मंसिर ।  

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि सुटिङ खेलाडी छनोट प्रतियोगिता आजबाट सुरु हुदैछ । नेपाल सुटिङ संघको आयोजनामा हुन लागेको छनोट प्रतियोगितामा ५५ खेलाडीले विभिन्न ४ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष तथा महिलाको १० मिटर राइफल र पेस्तोलमा प्रतिस्पर्धा हुने सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् । सागमा नेपालबाट ६ महिला तथा ६ पुरुष गरी जम्मा १२ खेलाडी सहभागी हुनेछन् ।

सागको पाँचौ संस्करणदेखि सुटिङले नियमित सहभागिता जनाउदै आइरहेका छन् । तीन दिने छनोट प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी