काठमाण्डौ ।
नवोदित गायिका पार्वती खनाल घिमिरे यति खेर साँगितिक बजारमा चर्चाको शिखरमा रहेकी छिन् ।
“मलाई रमाइलो…….. मलाई रमाइलो यी पाखा पखेरा देखेर” भन्ने गीत गाएर साँगितिक बजारमा छिरेकी घिमिरेको गीत यतिखेर सामाजिक सञ्जाल युट्युवमार्फत चर्चाको शिखरमा पुगेकी हुन् ।
न्यु भिजन पव्लिक एकेडेमी तनहूँमा शिक्षण पेशामा संलग्न घिमिरेले गीतमा देश प्रेम र माया झल्कने विषय समावेश गरेकोले नै श्रोताले माया गरेको बताउँछिन् ।
जामुने–७, तनहुँकी घिमिरेले आफ्नो यो गीतको सफलताले गर्दा आफूमा थप हौसला बढेको बताउँदै फेरी छिट्टै अर्काे गीत गाउने तयारी गरेकी बताउँछिन् ।
सो गीतको शव्द, संगीत र स्वर घिमिरे आफ्नै रहेको सो गीतको म्युजिक भिडियो सुदिप बरालको छायाँकन तथा निर्र्देशनमा तयार गरीएको हो ।
दिपेन्द्र तिमिल्सिनाले कोरियोग्राफी, बिष्णुहरी तिमिल्सिनाले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा विजय थापा र नायिका अनु शाहले अभिनय गरेका छन् भने निर्भाना केन्द्रले निर्माण गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline