काठमाण्डौ ,२० मंसिर ।
नेपाल आयल निगमले मंगलबारदेखि राजधानीमा मोटरसाइकल र स्कुटरलाई लट अनुसार पेट्रोल दिने भएको छ ।
तिहार पछि निजी सवारीलाई तेल वितरण नगरेको निगमले लट अनुसार चार दिन ईन्धन दिने भएको हो ।
पहिलो चरणमा मंसिर २२, २४, २६ र २८ गते तेल दिइने निगमले बताएको छ ।
पहिलो दिन २२ गते १ देखि २५, २४ गते २६ देखि ४०, २६ गते ४१ देखि ५५ र २८ गते ५६ देखि माथिका लटका मोटरसाइकल र स्कुटरलाई तेल दिइने छ ।
तोकिएको पेट्रोल पम्पबाट बिहान ९ बजेबाट तेल वितरण सुरु हुने छ ।
चार पांग्रे सवारीलाई तेल दिने सम्बन्धमा भने पछि सुचना प्रकाशित गरिने निगमले जनाएको छ ।
पेट्रोल बाँडिने पम्पहरुको सुची
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
