स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २० मंसिर ।  

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले गेटाफेलाई ४–१ ले पराजित गरेको छ । रियलको जीतमा चारै गोल पहिलो हाफमा नै भएको थियो ।

करिम बेन्जिमाले चौंथो मिनेटमा नै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । १६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ३५ औं मिनेटमा ग्यारेथ बेल तथा ३८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि पहिलो हाफमा नै रियल मड्रिड ४–० ले अघि रह्यो ।

७० औं मिनेटमारुवानो डेलगाडोले गेटाफेका लागि एक सान्त्वना गोल फर्काएका थिए । जितपछि तेस्रो स्थानमा रहेको रियल मड्रिडको १४ खेलबाट ३० अंक भएको छ । १४ खेलबाट १४ अंक जोडेको गेटाफे १३ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी