एएफसीद्धारा म्याच फिक्सिङ आरोपमा पाँच नेपाली खेलाडीमाथि आजीवन प्रतिबन्ध

एएफसीद्धारा म्याच फिक्सिङ आरोपमा पाँच नेपाली खेलाडीमाथि आजीवन प्रतिबन्ध

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १९ मंसिर ।  

एसियन फुटबल कनफेडेरेशन एएफसीले म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापा सहित पाँच नेपाली खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।

एएफसीको अनुशासन कमिटीले खेल मिलेमतोको आरोप लागेका नेपाली फुटबल टिमका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अन्जन केसीलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

पाँच खेलाडीले एएफसीको अनुशासन संहिताको धारा ६२ र ६९ उल्लंघन गरेको पाइएको भन्दै आजीवन फुटबल सम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाइने गरी प्रतिबन्ध लगाएको एएफसीले जनाएको छ ।

उनीहरुले सन् २००८ देखि २०१२ सम्मका विभिन्न खेलमा नियम उल्लंघन गरेर म्याचफिक्सिङ गरेको एएफसीले जनाएको छ । एक वर्ष लामो अनुसन्धनबाट दोषी पाइएपछि खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाइएको एएफसीले उल्लेख गरेको छ ।

प्रहरीले गत असोज २७ गते पाँच खेलाडीलाई खेल मिलेमतोको आरोपमा पक्राउ गरेको थियो । उनीहरु गत कात्तिक २४ गते धरौटीमा रिहा भएका थिए ।

एएफसीले ताजकिस्तानका रेफ्रि मुर्ताजोभ परवेजलाई पनि खेल मिलेमतोमा संलग्न भएको आरोपमा आजीवन प्रतिबन्ध लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी